Tuesday 5 May 2015

भुकम्प पिडितलाई उद्धार गर्ने बाहानामा भारत ले नेपालको आन्तरिक मामलामा हस्तक्षेप गरकै हो



यो कुरा सबैलाई थाहा नै छ कि नेपाल यक सार्बभम अनि स्वतन्त्र राज्य हो , अमेरिकी साम्रज्बाद तथा बेलायती  बिस्तारबाद को उपनिवेस का क्रममा  पनि आफ्नो स्वाभिमानी शिर नझुकायका बिर नेपाली हरु का  आगाडी भारतले जुन आचरण प्रस्तुत गरेको छ सायद यो नेपालका लागि यक छिमेकिले दियको कहिलै  नबिर्सिने पिडा बनेको छ।  सहयोग का नाममा विभिन्न किसिम का प्रापकाण्ड  मचाएर भारत ले आफ्नो नाङ्गो सोरुप बिश्वो समू  आफ्नो चरित्र उदाङ्ग परेको छ।   चाय  उसले नजानेर होस् या जानीजानी नजाने जस्तो गरेको होस् उद्धार का नाममा नेपाली हरुको आगनमा आज भारतले आफ्नो अस्तीत्तो  बिर्सियर आफ्नो मनपरी गरेको छ। 



अझ भन्ने नै हो भने त भारतले नेपाल मा आफ्नो आधिनायक बाद लाधेको छ यो कुरा कसरि प्रस्ट हुन्छ भने  उनीहरुका सम्पूर्ण क्रियाकलाप हाम्रा आगाडी पच्न सक्दैन सयाद हाम्रो सरकार नै भारत सामु  मुकदर्सक  भएर होला।  उनीहरु मनपरी गर्ने हाम्रो संपादा माथि अनि हामी चाई टुलु टुलु हरेर बस्ने कहिल सम्म।  यो बिसय अब नसोची नहुनी भएको छ।  बिना सोधपुछ नेपाली आकाशमा उनीहरुकै आधिपत्ते र  स्थल मा त झन् आजबाट होइन सहयौ वर्ष पहिले बाटनै  हामीलाई दमन गरिरहेका छन्

बास्तबमा भन्ने हो भने भारत ले नेपाल मा आएर जे गर्नुपर्ने थियो तेसो भएन हामी सोझा नेपाली हरु बास्तबमा  भारत को उधंगोपना बुझेका त पहिले नै थीयौ तर समय नाजुक  थीयो के गर्नु समय नै हाम्रो अनुकुन भएन एसको बाबजुद भारतले आफ्ना सारा योजनाअनुरूप आफ्नो क्रियाकलाप आगाडी बढाउदै गयो फल्सोरूप   बिरामी उद्धार का नाममा लियका  हेलिकप्टर हरु लागे आफ्ना मनपरी उडान मा।  कुनै पुगे तिब्बत त कुनै पुगे अन्नपुर्ण त कुनै पुगे सगरमाथा बेसक्याम्प।  के यो साचिकै सराहनीय छ त भारितय  मनपरी नेपालमा ? किन नेपल सरकार एस्तो भारतको बर्बर  सयर बस्ने अनि कहिले सम्म ?

अझ भन्ने हो भने कुटनीतिक मर्यादा बिपरित बास्तबमा केहि गर्न नपाउन पर्ने हो तर भारत का लागि नेपालमा यो सदाका लागि छुट जस्तै बनेको छ।  अझ भन्ने नै हो भने त भारतको जुनसुकै व्यक्तिले पनि नेपालमाथि बारम्बार धावा बोल्दै आयको त सबैमा  प्रअस्टै छ चाय  त्यो भगवान गौतम बुद्ध  का बारेमा गरियको अनर्गल प्रचार  होस् या सर्बॊच सिखर सगरमाथा  का बारेमा गरियको प्रचार होस् अथवा अरु कुनै चर्चित बिसयमा होस् जुन उसकालागी लाभकारी देखिन्छ। हुदा हुदा हिजो आज त पशुपतिनाथ को मन्दिर पनि भारतको भन्न पनि बाँकि रहेन ।  लौ अब  भन्नुस न यो कस्तो खालको छिमेकि पना हो भारतको नेपाल प्रतिको  नेपाली संसद मा बोल्दा बुद्ध नेपालमै जन्मियका  हुन् भन्ने कुरा सुइकार्न सक्नेले बाहिर गयर बुद्ध र सगरमाथाको देश भारत भन्न मिल्छ कि मिल्दैन यौटा राष्ट्र प्रमुख को हैसियतले ??? अब प्रश्न  नेपाल सरकारलाई यो हामीहरुको कस्तो खालको नीति हो यहाँ जो कोहि बिदेसी खुलेआम मनलाग्दो गर्ने अनि नेपाली सुरक्षा कर्मी लाई धम्काउने अनि नेपाली राष्ट्र सेबक उसका आगाडी उसको अपमान टुलु टुलु हेरर बस्ने ? कि त भन्नु पर्यो नेपाल सरकारको हातमा आधिकार छैन तिनीहरुलाई सफाय गर्न होइन भने किन यो अपमान ???

स्मरण रहोस लुम्बिनी मा हरायका नेपालीका  सक्कली इटा  आज भारतले बनायको तथा कथित नक्कलि लुम्बिनी  मा देखा परेका छन् आज सयौ वर्ष पछि  र पनि नेपाल सरकार मुक्दर्सक  नै छ अझै सम्म  भने अब त हामीले सोच्नै पर्छ भुकम्प पिडित को सहयोगार्थ नेपालमा भित्रियका भारतीयहरुले गर्दा नेपालका सयौ वर्ष गाठ पुराना  कयौ गुना पुरातातोबिक बस्तुहरुको चोरी नहोला भन्ने कसरि , तसर्थ नेपाल सरकारको यस बारेमा समयमै होस् खुलोस।  येदि  नेपाल सरकार को बेलैमा होस् खुलेन र उक्त्त बस्तुहरुमा ध्यान  नपुगेमा उक्त्त मुल्यवान बस्तु हराउन सक्ने सम्भावना आगाडी का घटनाक्रम बाट प्रबल रुपमा प्रस्ट देखिन्छ। 

No comments: