Wednesday 27 May 2020

अपरिपक्क राजनीति र यसले नेपालको बर्तमान राजनीतिमा परेका प्रभावहरु





गोविन्द कंडेल ;

नेपालमा सदियौदेखि चल्दै आएको जहानिया  तानासाह राजनीतिलाई जरैदेखि फाल्नकालागी  २००७ सालमा आएको प्रजातन्त्र होस् या त २०१७ साल देखिको  पंन्चायेती निरंकुस राज्यसत्तालाई तहलगाउन २०४६ सालमा प्राप्त गरेको बहुदलिय प्रजातन्त्र को प्राप्ती होस् या त  २०५२ साल देखि  चल्दै आएको शसस्त्र बिद्रोह र  २०६२/६३ को जनआन्दोलन  पश्चात् नेपाल मा चल्दै आएको निरङ्कुश राजतन्त्र, एकात्मक राज्यसत्ता तथा शासनप्रली लाई पाखा लगाउन आएको संघिय लोकतान्त्रिक गणतन्त्रले नेपाल र नेपालीकालागि एउटा दरिलो खाका प्रस्तुत गर्दै  शसस्त्र विद्रोहको  अन्ते गर्दै अब नेपाल मा पनि आर्थिक क्रान्ति को सुरुवात गर्नका लागि ढोका खोल्ने निश्चिनत गर्न आबसेक जनताको गास , बास तथा कपासको ब्येबस्ता तथा शान्ति , सुरक्ष्या तथा अमनचैन को  लागि आशागर्नुपरने थुप्रै आशाका किरण हरुलाई उजागर गर्नकालागि राजनीतिक दलहरु ले संघिय  गणतान्त्रिक नेपालको संबिधान २०७२ जारी गरियो।  तथापी यो बिगतको भन्दा त  राम्रो संबिधान हो हामी आशा गरौ  तर यो आफैमा पूर्ण छैन र सैयौ लूपहोल बाट आर्थिक तथा गैह्रआर्थिक शोषण  गर्न का लागि सशक हरुलाई सहज प्रया निश्चित छ र एसले मुलुक मा आस्थिर राजनीतिक प्रणालीको बिजारोपण को मार्गनिर्देश गरेको छ।  किन भने यहाँ संबिधान राम्रो हुदैमा मात्र देश को बिकाश सम्भब हुन सक्दैन  भन्ने एथार्थता बर्तमान परिपेक्षमा  पुस्टिकरण भइसकेको छ।  यहाँ  त बिकाश हुनका लागि नेतृत्व कर्ताको आफ्नो दृढ आत्मबल पारदर्शी हुनु नितान्त जरुरि छ, सामाजिक जवाफदेहिता,उत्तरदेहिता , तथा  समबेसिता नितान्त आबशेक  देखिन्छ  र यो कुनै चानचुने ढंगबाट  सिस्टम सुधार्न प्राय सहज भने छैन तर नसकिने भन्ने कुनै कुरा हुदैन। 
अपरिपक्क राजनीतिको सन्धर्भमा भन्नुपर्दा दुरगामी प्रभाव पर्ने तत्वोहरु जस्तो कि -राजनीतिक ,आर्थिक , सामाजिक तथा संस्कृतिक  सन्धर्भमा प्रभाव पर्ने दुरदर्शीता लाई  सहि समएमा मुल्यांकन गर्न नसक्नु र उक्त्त सन्धर्भ को सकारात्मक तथा नकारात्मक प्रभावका बारेमा प्रयाप्त बिशलेषण् गर्न नसक्नु हो  र एसले निम्ताउने परिस्तिथि को सहि ढंगबाट समाधान गर्न चुक्नु  नै अपरिपक्क राजनीति  हो।  

कुन देशमा कस्तो प्रकारको अर्थतन्त्र ठिक हुन्छ कस्ता  कस्ता आर्थिक गतिबिधि हरुको जरुरि पर्दछ ताकि उक्त मुलुक भित्र का जनताहरुकालगि  कुनै खस किसिमको कार्यक्रम ले उनीहरुको गास , बास तथा कपासको न्युनतम आवशेक्ता पूर्ति गर्दछ भन्ने कुरा एउटा कुशल अर्थशास्त्र बिद्लाई  जसरि जानकारी हुन्छ  तेहिअनुरुप उसलाई आफ्नो योजनाहरु बनाई शोहिअनुरुप कार्यन्वयन गर्दा देश को अर्थतन्त्र ले सहि समयम़ा आफ्नो देशका जनताको जीवनस्तरमा सकारात्माक प्रभाव पार्न सफल हुन्छ र उक्त  देशले पनि परिबर्तनको काचुली  समयमै फेर्दछ र संसारका जतिपनि देशहरु बिकशित देशहरुको सुचिमा सुचिकृत भएका छन् ति मुलुकहरु यसै भएका होइनन उक्त मुलुकहरुमा आर्थिक पारदर्शिता छ, आर्थिक मितबेईता छ र आर्थिक सुशासन छ र यो सम्भव भएको छ  । तर  हाम्रो देशमा  येतिमात्र फरक छ कि यहाँ सुशासन भन्ने संस्कार को नै खडेरी छ र देखिन्छ।  न त सुशासन भनेको के हो  र यो किन चहिन्छ  भनेर सिकाउने नै गरियो  ?  तर गरियो त केवल किताब मा  सिमित अनि कहाबाट  एसको पूर्ण कार्यान्वयन गरिन्छ  भनेर  सोच्ने।  तसर्थ कुनै पनि देश को पूर्ण बिकाश का लागि उक्त्त देशका शासकमा  कुशल नेतृत्व   हुनु नितान्त जरुरि  हुन्छ। 

मुलुक को दिगो बिकाशकालागि लागि उक्त देशको  शासनप्रणली स्थाई हुनु नितान्त जरुरि हुन्छ किनभने दुरगामी सोच तथा चिन्तन हरु को प्रभावकारी कार्यान्वयन  केवल स्थाई सरकार बाट मात्र सम्भव हुन्छन। कुन योजना कार्यान्वयन कसरि गर्ने भन्ने कुरा प्रति  नेतृत्वमा दखल  हुनु नितान्त जरुरि छ र उक्त दुरगामी प्रभाव पर्ने बहुआयमिक योजनाहरुका सन्धर्वमा उक्त नेतृत्वप्रति बफादार,निष्ठावान र कर्मठ्सिल कर्मचारीतन्त्र को जरुरि हुनु निश्चित प्रर्याय हुन्छ।  यदि होइनभने त्यो केवल परिकल्पनामात्र बन्दछ र मुलुक सदा-सदाकालागि भोकमरी तथा ठुल्ठुला महामारी अनि चोरीडकैति को दलदलमा फस्दछ।  तेसकारणले गर्दा देशमा स्थाई सरकार जरुरि छ।  

हामीले एकपटक यता पनि ध्यान दिनुपर्दछ   यदि स्थाई सरकार भएन भने के हुन्छ भनेर - 

१. आफूअनुकुल कर्मचारी भर्ना गरि देशमा राज्यको ढुकुटी मा बर्मलूट  गर्ने तथा देशलाइ बिकाश भन्दा बिनाश तर्फ धकेल्ने तथा  आर्थिक ब्यभार बढाउने प्रबल सम्भावना रहन्छ।

२. देसको बिकाश भन्दा पनि बिनाश गर्नकालागी राम्रा मान्छेहरुलाई भन्दा पनि हाम्रा हरुलाई प्राथमिकता दिने संस्कृतिको मौलाहट ज्यादातर हुदै जन्छ। 

३. भ्रस्टाचार को संस्कृति मौलाउदै जान्छ। 

४. ब्रेन ड्रेन अर्थात् दक्ष  तथा उत्त्पादनसिल जनशक्ति को पलाएन  तथा पुजी पलाएन बढ्दै जान्छ  र देशलाई आर्थिक ब्यभार थपिदै जान्छ। 

५. जतिपनि सरकार परिबर्तन हुन्छ उत्तिनै उक्त्त देश मा शान्ति, सुरक्षा तथा अमनचैन दिलाउन कठिन हुन्छ।
६. भोकमरी ,चोरी ,डकैति तथा लुटपाट गर्ने समूह हाबी हुदै जान्छन।
७.  विभिन्न अपराधिक गतिबिधि तथा हुल हुज्जत दिनानुदिन बढ्दै जान्छन। 

८. कुनै पनि देशको बैदेशिक लगानी आस्थिर राज्य ब्यबस्था भएको मुलुकमा भित्रिदैन र अधिक मात्रामा  लगानी भित्रिने सम्भावना त झनै सुन्य रहन्छ र उक्त्त देशमा रोजगारीका अवशर हरु सृजनागर्न मुस्किल पर्दछ। 

तसर्थ ,
समग्ग्रमा भन्नुपर्दा देशलाई आर्थिक भार त छदैछ ,यस्तो प्रकारको अस्थिर  राज्यप्रणली ले न त देसको भलो नै गर्दछ न त सोचेअनुरुप को सिस्टम लाई नै एडप्ट गर्न सक्दछ न त जनताले चाहेअनुरुप को मापदण्ड नै तयार गर्न सक्दछ तसर्थ एस्लाई समयमा नै विचार पुर्याउन जरुरि हुन्छ।