Wednesday 8 June 2016

सुर्खेत उद्योग बाणिज्य संघले मनाउन लागेको "सुर्खेत लगानी वर्ष २०७३" को चर्चा ....

 

 सुर्खेत लगानी वर्ष २०७३  

 
प्रकृतिक स्रोत तथा साधनले अथाह रुपमा भरिपुर्ण यस मध्य पश्चिमान्चल बिकशक्षेत्र को सुर्खेत सदरमुकाम बिरेन्द्रनगर   स्थित  अधिक लगानी  भित्त्र्यौन तथा दिगो बिकासका लागि आधार तयार गर्न र स्थानीय स्तरमा दिगो, सक्ष्म तथा सबल बिकाशको आधारसिला तयार पार्नका लागि सुर्खेत उद्योग बाणिज्य संघ सुर्खेत ले यस वर्ष २०७३ लाई लगानी वर्षको रुपमा मनाउने भएको छ। 
 
सुर्खेत लगानी वर्ष २०७३ का सन्दर्भमा चर्चा परिचर्चा चलिरहदा सुर्खेत उद्योग बाणिज्य संघ ले  परामर्शका लागि आयोजना गरेको कार्यक्रमा   कार्यक्रमको अधेक्षता यस सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष श्री  प्रकाश अधिकारी ले सन्धर्भ सामग्री सहित कार्यक्रम सुभारम्भ गर्नुभयको थियो  भने कार्यकारी निर्देशक महेश केसर खनाल, कार्यक्रम संयोजक गणेश कुमार कार्की उलगयत ले उक्त  सन्दर्भ सामग्रीमा चर्चा परिचर्चा गर्नुभयको थियो भने परामर्स दाताको रुपमा मुख्य भूमिका  निर्बाह गर्दै सम्वृद्धि कनसल्टिंग  एंड ट्रेनिंग सेन्टर का डाइरेकटर श्री चक्रपाणी तिमिल्सेनाले गर्नुभएको थियो भने सहायक  भूमिकामा सम्वृद्धि कन्सल्टिंग का तर्फबाट श्री गोविन्द कँडेल प्रकाश ले गर्नुभएको थियो। 
 
लगानी वर्ष २०७३ मनाउने सन्दर्भमा सुर्खेत लगायत उक्त क्षेत्र कृषि, पर्यटन, जडिबुटी, जलबिधुत, तथा खानी खनिज हरुमा  क्षेत्र आगाडी रहेको र उक्त स्रोत र साधन को आधिकतम प्रयोग गरेर स्थानीय स्तरमा आयआर्जन बृदि गर्ने तथा राष्ट्रिय रुपमा सबल बन्नुपर्ने भन्दै केन्द्रिय स्तरमा आबसेक नीति तथा कार्यक्रम मा जोड दिदै बेसिक इन्फ्राइस्टक्चर मा जोड दियको थियो। सुर्खेतमा लगानी गर्ने यो एक  उपयुक्त समय भएको भन्दै माथि उलिखित पाच क्षेत्र लाई "पोटेनसिअल सेक्टर " का रुपमा लिएर राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा लगानी भित्र्यौन सन्धर्भमा बिसेस छलफल भएको थियो। उक्त पाच क्षेत्र लाई आधारसिला बनाई स्थानीय स्तर तथा राष्ट्रिय स्तरमा लबिङ्ग गर्ने आधार सिला तयार गर्न लागि परेको जनायको छ। साथै उक्त लगानिबर्स मा अधिकतम लगानी भित्रिनका लागि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा बी  टु बी  सम्मेलन को आयोजना गरिने र उक्त बी टु बी सम्मेलनकालागि आवसेक आधारसिला स्तम्भ तयार पार्नका लागि आबसेक लबिङ्ग तर्फ उधोग बाणिज्य संघ सुर्खेत लागि पर्ने उधोग बाणिज्य संघले जनाएको छ। 
 
स्थानीय  स्तरमा उत्पादित बस्तुको बजारीकरण तथा आबस्यक बस्तुको आयातका सम्बन्धमा तथा नया बस्तु तथा प्रविधिका सन्दर्भमा ट्रेड मेल आयोजना गरि थानीय स्तरका उत्पादित बस्तुको उपयुक्त बजार को स्थापना गर्ने। कृषि जन्य बस्तुलाई बिसेस आधार बनाई  यहाको स्रोत र साधनको बिसेस परिचालन गर्दै कृषि जन्य औधोगिक क्षेत्रको बिकाशमा लगानी वृद्धि गर्न लगानीकर्तालाई आकर्सन गर्ने।  पर्यटन क्षेत्र अन्तर्गत विभिन्न प्रकारका कृषि तथा धार्मिक छेत्र  हरुको पहिचान गरि  स्थानीय स्तरका कला संस्कृति प्राकृतिक सम्पदा तथा धरोहर हरुलाई भरपुर मात्रामा सदुपयोग गरि राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरबाट पर्यटक को संख्यामा वृद्धि गराउने तथा यहाँ का होटल हरुको स्तरउनोती तथा आबसेक होम्स्टी संचालनमा पहल कदमी लिने।  साथमा  कर्णाली जाने स्पेसल हबको रुपमा बिकाश गरि पर्यटन बाट अधिक लाभ हासिल गर्नुपर्ने सम्बन्धमा प्रचुर सम्भावना रहेको छ।आर्को प्रचुर सम्भावना रहेको क्षेत्र  जडिबुटी हो  र येस क्षेत्रलाई पनि विभिन्न प्रकारका  सेग्मेंट मा खण्डीकृत गरि उपयुक्त जडिबुटी हरुको सहि समयमा संकलन तथा प्रसोधन गरि निकशिको वाताबरण तयार पारेमा यस क्षेत्र बाट पनि स्थानियस्थर तथा राष्ट्रिय स्तरमा उपयुक्त लाभहासिल गर्न सकिन्छ जसमध्य :टिमुर, अल्लो , रिठा , तितेपाती ,काउलो , कुरिलो तथा येस्तै अन्ने अनगिन्ति स्रोतहरुको अनगिन्ति भण्डार रहिआएको छ। लगानीको अर्को सेक्टर जलबिधुत यहाको अर्को छुटै  क्षेत्र हो जसबाट येस क्षेत्रमा उत्पादित बिधुतले सम्पूर्ण नेपाललाई पुग्ने  क्यापाबिलिटी राखेको छ भने उक्त क्षेत्रमा लगानिगर्नका लागि लगानीकर्ताहरुलाई राष्ट्रिय तथा अन्तरास्ट्रिय स्तरमा आह्वान गर्ने। खानी तथा खनिज यहाको अर्को प्रचुर सम्भावना भएको सेक्टर भएकाले उक्त क्षेत्र लाई पनि लगानीको आकर्सन केन्द्र मा राखिन्छ खानी खनिज अन्तर्गत काइनाइट ,टुर्मालिन , अक्वामेरिन लगाएतका बहुमुल्य रत्ना पथ्हर हरुको खानी रहेको र उपयुक्त प्रबिधि नहुदा बहिरियको कच्चा रत्नहरु यहि प्रसोधित भै स्थानीय तथा अन्तरास्ट्रिय स्तरमा बृहत्तर रुपमा अर्थोपार्जन गर्ने सम्भावना प्रबलमात्रामा रहेको हुनाले  यो यक प्रमुख स्रोत हो।

उक्त माथि उल्लिखित पाच पोटेनसिअल सेक्टर लाई मुर्तरुप दिनकालागि   रास्ट्रियस्तरमा लगानीमैत्री बाताबरण कायम गरेर आधिक्तम लगानी भित्त्रिए मा मात्र उक्त स्रोत तथा साधनहरुको उपयुक्त प्रयोग गरि आधिक्तम लाभहासिल गर्न सकिने सुनिश्चित जस्तै छ।  जस   अन्तर्गत कृषिमा आधारित उधोग तथा प्रविधिहरुको परिचालन , बजारीकरण यवंम  लगानी योग्गे बाताबरण  अपरिहार्य छ। साथै औधोगिक क्षेत्र तर्फ लखरपाटा सिमेन्ट को उत्पादनलाई मुर्तरुप दिन तथा कर्यान्वयन  तर्फ़ ध्यान केन्द्रित  गरि राष्ट्रिय स्तरमा लबिङ्ग सुरु गरि लगानी भित्राउन आधिक्तम पहलकदमी लिने  तथा लइसेन्स प्राप्त गरि आयोजना होल्डमा रहन नदिन  अधिक्म्तम पहल गर्नुपर्ने सम्बन्धमा लबिङ्ग सुरु गरिने बताईयको थियो।

अन्य स्टेकहोल्डर  हरु  घरेलु तथा साना उद्योग विकास, जिल्ला सहकारी संघ सुर्खेत, जिल्ला बिकाश समिति सुर्खेत , जिल्ला कृषि बिकाश समिति  सुर्खेत, HVAP सुर्खेत ,सुन्दर नेपाल सुर्खेत,हिमालयन मौरीपालन उद्योग, आचार्य मौरी फर्म , कंक्रेबिहर मौरी पालन सहकारी संस्था लगायातका सरोकारवाला हरु संगको भेटघाट तथा  राय तथा सल्लाह  सुझाब संकलन का  सन्दर्भमा समग्रमा भन्नुपर्दा सुर्खेत लगानी वर्ष  २०७३ मा आधिक्तम लगानी सुनिस्चित गर्ने आधारमा कृषि तथा पर्यटन प्रमुख स्रोत दखिन्छ  किन कि उक्त सेक्टर मा कम लगानी मा पनि  आधिक्तम लाभहासिल गर्ने थुप्रै स्रोत हरु रहेकाले तथा स्थानीय स्तरमा पनि सानो पुजिमा मनगै आम्दानी आर्जन गर्न सम्भव भएकाले स्थानीय स्तरमा जनचेतना अभिबृड्डी गर्नुपर्ने मा बिसेष जोड दखिन्छ भने अर्कोतर्फ़ रहेको पर्यटन क्षेत्र पनि प्रमुख रुपमा देखिन्छ।  उक्त क्षेत्रमा रहेका धार्मिक कलासंस्कृति तथा मठ मन्दिर तलाउ तथा यहाँ रहेका मनोरम स्थलको आधिक्तम सधुपयोग गरेर पर्यटन प्रबर्दन गर्न सकिने भएकाले उक्त क्षेत्र मा विशेष रुपले जोड दिनुपर्ने देखियको छ।  साथै अर्कोतर्फ़ आधिक्तम शिप तथा प्रबिधि भित्त्राई यहाँ रहेका खानी तथा खनिजहरुको उपयुक्त बजार सिर्जना गर्न सहज हुने ताथा आधिक्तम लाभ हासिल हुनेभएकाले प्रबिधि मैत्री लगानी भित्त्रयौन का लागि लगानी मैत्री वाताबरण तयार गर्नुपर्ने सम्बन्धमा विशेष जोड देखिन्छ।